बैशाख १२,
संगिता आचार्य,
पाल्पा माथागढी रुपन्देही सम्पर्क समाज र लायन्स क्लब अफ बुटवल स्टार्सको संयुक्त पहलमा राहात वितरण गरीएको छ । गत बैशाख ८ गते झडेवा स्थित मकलेमा भएको आगलागीबाट पिडित भएकाहरुलाई पाल्पा माथागढी रुपन्देही सम्पर्क समाज र लायन्स क्लब अफ बुटवलले मंगलवार राहत वितरण गरीएको हो ।
समाजका अध्यक्ष राजन नेपालको उपस्थितिमा माथागढी ४ का सदस्य हुम बहादुर सारु,माथागढी रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष DS भट्टराई,लायन राजन जी सी,सचिव हरि पोखरेल,आजीवन सदस्य नीर बहादुर सारु,महेन्द्र के.सी,बालकृष्ण न्यौपाने,समाजसेवी नारायण बहादुर जी.सीले पिडित पक्षहरुलाई सहयोग गर्नुभएको थियो । आगलागीबाट पुर्ण बहादुर काम्मु,भुवनसिंह सुनार,दिलकुमारी वि.क,रामबहादुर सुनार,राजन विक,र कौशल प्रसाद श्रेष्ठको घरगोठमा क्षति भएको थियो । अहाँहरुलाई पाल्पा माथागढी रुपन्देही सम्पर्क समाज र लायन्स क्लब अफ बुटवलले बलाङकेट,चामल,तेल,दाल,स्वयाविन,चिउरा वितरण गरेको माथागढी गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङचेले जानकारी दिनुभयो ।
सहयोगी कमलेश कशौधनले नगद रु ६०००/- मुल्य बराबरको ६ थान ब्लाङ्केट,लायन्स क्लब अफ बुटवल स्टार्सका पुर्व अध्यक्ष लायन आशिष कृष्ण श्रेष्ठले नगद रु. ५०००/- सहयोग गर्नु भएको थियो । अशोक कुमार आचार्यले नगद रु. १००५/- सहयोग,बालकृष्ण न्यौपानेले नगद रु.१०००/- सहयोग ,नीर बहादुर सारुले नगद रु. १०००/- सहयोग,र दिना रेग्मीले नगद रु ५००/- सहयोग गर्नु भएको पाल्पा माथागढी रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष DS भट्टराईले बताउनु भयो । साथै महेन्द्र के.सी ले आगलागि पिडितहरुलाई सामान ढुवानीको लागि निःशुल्क सहयोग गर्नुभएको थियो।
त्यस्तै माथागढी गा.पा.वडा नं ५ को श्रीडांडामा बैशाख ९ गते आगलागि भएको थियो । आगलागीबाट सन्त बहादुर कामी र भिम बहादुर कामीको घर गोठ पूर्णरूपमा नष्ट भएको परिवारलाई पाल्पा माथागढी रूपन्देही सम्पर्क समाज तथा रोटरी क्लव अफ क्यापिटल बुटवलका कोषाध्यक्ष चुरामणी सारु,आजीवन सदस्य खोम बहादुर सारुको उपस्थितिमा संयुक्तरूपमा खाध्यान्न तथा स्टेसनरीका सामानहरु हस्तान्तरण गरीएको रोटरी क्लबका अध्यक्ष रो.बिस्वदिपक नेपालले जानकारी दिनुभयो ।













