पाल्पा-रिब्दीकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन्। बिहीबार बेलुकी सबा ८ बजेतिर रिब्दीकोट–२ लघुवामा दुर्घटना भएको हो ।
लघुवा वडा नम्बर ३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो । दाङको घोराही उपमहानगरपालिका–३, का ३२ वर्षीय यमराज पुन, रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ५ का ३५ वर्षीय हिमाल घर्ती गम्भीर घाइते भएको र उनीहरूकोतानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
गुल्मीबाट पाल्पातर्फ आइरहेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । टिपर चालक घोराही–१६ का अजय चौधरी भने सकुशल रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।













