पाल्पा–उमन लिड नेपाल नामक सामाजिक सस्थाको सहयोगमा न्यायालय नेपाल परियोजना नामक समुहद्वारा सौभाग्य मा.बि. चिदीपानीमा कानुनी सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कक्षा ८,९ र १० का करिब १०० जना बिध्यार्थीको बिचमा मौलिक हक, लैङ्गिक समानता र अधिकार , जातिय बिभेद र बाल बिवाह लगायत बिबिध बिषयमा प्रशिक्षण दिइएको हो । जसमा प्रशिक्षको रुपमा आरति बानिया, सदिक्षा नेपाल, पुष्पा खड्का र शान्ती केसी रहनुभएको थियो।
कार्यक्रमा माथागढी गाउपालिका वडा न १ का अध्यक्ष राजकुमार पन्थी बिध्यालयका प्र.अ. कृष्ण प्रसाद खनालको बिशेष उपस्थिति रहेको थियो।माथागढी गाउपालिकाले बाल बिवाह, महिला हिंसा, लैङ्गिक समानता, मौलिक हकका सन्दर्भमा समुदायलाइ सचेतिकरण गर्दै आइरहेकोमा यस सस्था बाट बिध्यार्थी मार्फत गरिएको सचेतनामुलक कार्यक्रमले स्थानिय सरकारको अभियानलाइ थप सार्थक बनाएको वडा अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो।












