पाल्पा-पाल्पामा हिजो आज आन्तरिक पर्यटकको घुइचो लागेको छ । खासगरि देशका विभिन्न जिल्लाबाट शैक्षिक अवलोकन भ्रमण आउने विद्यार्थी र शिक्षकहरुले पर्यटकीय स्थलहरुमा थामि नसक्नु भिड लाग्ने गरेको छ । यस बाहेक यो अवधिमा विदेशी पर्यटकहरु पनि पाल्पामा बढी नै आउने गरेको पाइएको छ ।
ऐतिहासिक एंव सुन्दर पर्यटकिय नगर रहेको तानसेनमा रहेका मठ मन्दिर दरबार र श्रीनगर क्षेत्रको सुन्दर दृष्य अवलोकन गर्न आन्तरिक पर्यटक आउने गर्दछन् । पर्यटकको बृद्धि संगै यहाँका करुवा र ढाका पसलहरुलाई राम्रो आम्दानीको स्रोत बन्ने गरेको छ ।
छुट्टिको समय मनोरञ्जनकालागि अथवा पाल्पाको ऐतिहासिक कला सस्कृति र यहाको सुन्दरता हेर्न हिजोआज पाल्पामा पर्यटकको संख्या निकै बढेको हो ।
नेपालको सुन्दर र पर्यटकका लागि राम्रो गन्तव्यका रुपमा रहेको पाल्पामा अनुकुल मौसम र भ्रमणका लागि शान्ति सुरक्षाको पनि राम्रो अवस्था रहेकाले आन्तरिक र बाह्य पर्यटकको संख्या बढेको हो ।
यद्यपी यहा आउने आन्तरिक पर्यटक पनि एक महिनाको अवधिमा निकै बढेका छन । यस अवधिमा कति पर्यटकहरु पाल्पा भ्रमणमा आए भन्ने कुराको आधिकारिक तथ्याङ्क राख्ने निकायको यहा कुनै व्यवस्था छैन ।













