पाल्पा-हरेक वर्ष दसैंका बेला हजारौंको संख्यामा नेपालीहरू गाउँघर फर्कने गर्छन्।
रोजगारी र अध्ययनका लागि अन्य क्षेत्रबाट पाल्पाको सदरमुकाम तानसेन आएर बसोबास गरिरहेका हजारौं नेपालीले दसैंका बेला सदरमुकाम छाडेर जाने गर्छन्।
दसैं मनाउन घर गएकामध्ये केही कोजाग्रात पूर्णिमापछि फर्कने गर्छन् भने केही चाहिँ तिहार र छठ पर्व मनाएर फर्कने गरेका छन्।













