पाल्पा-दसैंको लागेसंगै बजारमा चहलपहल बढेको छ । दशै तिहारकै लागि भनेर अहिले कामको शिलशिला होस् या पढाईको शिलशिलामा बाहिर गएकाहरु आ–आफ्नो घरतिर फर्किन थालेका छन् । अन्य चार्डपर्व भन्दा केहि फरक तरिकाले मनाइदै आएको दसैंमा नयाँ लुगाहरु लगाउने, मासु खाने , आफन्त–साथीभाईहरुसंग रमाईलो गर्ने चाडपर्वका रुपमा समेत परिचित हुदै आएको छ ।
पहिला पहिलाको वर्षमा ६ महिनामा एक पटक मात्रै लुगाकपडा किन्ने र दशै आउन एक महिना पहिले देखी यस वर्ष कस्तो लुगा लगाउने , कस्तो किन्ने भनेर किनमेलका लागि बजारमा पुग्नेहरुको निकै भिड लाग्ने गर्दथ्यो । दसैंमा खसी बोका देखि लत्ताकपडा, खाद्यान्न देखि सवारी साधन सम्मको बिक्रीमा ग्रहाकलाई छुटको समेत ब्यवस्था मिलाइएको हुन्छ ।
व्यापार व्यवसाय गर्नेहरुका लागि योे सिजन सबैभन्दा राम्रो हो । यस बेला ब्यापारीहरु निकै ब्यस्त हुने गर्दछन् । यद्धपी पाल्पा जिल्लाको सदरमुकामका बजारमा ब्यापारीहरु भने यो बेला पनि निकै फुर्सदिला जस्ता देखिएका छन् । तानसेन बजारमा मानिसहरुको चहलपहल बढेको भएता पनि ब्यापार भने बढ्न नसकेको ब्यापारीहरु बताउँदछन् । तानसेन बजार क्षेत्रमा मानिसहरुको केहि चहलपहल थियो । तानसेन बसपार्कमा थुप्रै मानिसहरु आ–आफ्नो गन्तब्य तर्फ लागि रहेका थिए । बसपार्कमा केहि भिडभाड बढेपनि बजारमा रहेको पसलहरु भने सुनसान जस्तै थिए भने ब्यापारीहरु फुर्सदिला थिए ।
यस बिषयमा कुराकानी गर्दा तानसेनका केहि ब्यापारीहरुले यस्तो प्रतिकृया दिए ।
पहिलाको तुलनामा त पुग्न गाह्रो छ तर ठिक ठिकै छ
सन्तोष् शाक्य
ब्यापारी
नेपालकाे महङ्गी र अर्थिक अवस्थाले गर्दा पहिलाको तुलनामा त छैन तर अहिले सम्म त ठिकै छ । पहिला चहल पहल केहि बढि हुन्थ्यो तर यस बर्ष त्यस्तो भने छैन । बजारमा चहलपहल र कारोबार बढ्ने आशा भने गरेका छौ । ब्यापारीहरुले बर्षदिनको एक दुई दिन यहि दशै तिहारमा हो राम्रो ब्यापार गर्ने तर अहिले त्यो हुन सकेको छैन् ।
चार्डपर्वको महत्वपनि पहिलाको तुलनामा घट्दै गएको पाइन्छ । पहिला पहिला दशै तिहार ,मेला पर्वमा नया लुगा किनिथ्यो सबै रमाउन सपिङ गर्न भनेर बजार तिर आउथ्ये तर अहिले त्यो अबस्था छैन् । समय र परिस्तिथीले गर्दा पनि ब्यापार ब्यबसायको कारोबारमा केहि कमि आएको मैले मानेको छु ।