नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले नेपालको पत्रकारिता अझै शशक्त बनाउनु पर्ने बताउनु भएको छ । सरकार र मिडिया सधै प्रतिपक्षी भूमिकामा रहनुपर्ने भन्दै सरकारका गलत कामहरुको पनि समाचार बन्नुपर्ने बताउनुभयो ।
जुनसुकै सरकारले पनि आफ्ना कमी कमजोरी ढाक्न चाहने उल्लेख गर्दै नेता शाहले मिडियाले त्यसलाइ खबरदारी गर्नुपर्ने बताउनुभयो । नेपाल पे्रस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको बिजया दशमी,दीपावली,छठ तथा नेपाल सम्वतको अबसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उहाँले प्रजातन्त्र बलियो बनाउन पत्रकार जगत चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले बताउंदै आजभोली समाचारमा स्वतन्त्रता नदेखिएको समेत दाबी गर्नुभयो । नेता शाहले सरकारको स्थिरता नभएको दाबी गर्नुभयो । हरेक क्षेत्रमा पत्रकारहरुले आफ्ना कलम सही ढंगले चलाउनु पर्नेमा जोड दिनुभयो ।पत्रकारिताको दीगो विकास आवश्यक रहेको भन्दै उहाँले श्रमजीविहरु पत्रकारहरु मारमा परेको समेत qबताउनुभयो । सार्वजनिक लेखा समितिका पूर्व सभापति समेत रहनुभएका नेता शाहले नेपालको अर्थतन्त्र कमजोर भएपनि तत्काल देश टाट नपल्टिने उल्लेख गर्नुभयो ।
प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको अध्यक्षता,सचिव कपिल ज्ञवालीको सञ्चालन र उपाध्यक्ष कल्पना तिवारीको स्वागतमा कार्यक्रम भएको थियो । सो अबसरमा जनप्रतिनिधि,राजनैतिक दलका नेता,सरोकारवाला संघ संस्थाका प्रतिनिधि तथा पत्रकारहरुको बाक्लो सहभागिता रहेको थियो ।













