पाल्पा– जिल्लाको बगनासकाली गाउँपालिका– २ पोखराथोकमा यतिबेला झिनिया व्यापारीहरुलाई रोटी बनाउन भ्याइनभ्याई भएको छ । अरु बेलामा सामान्य व्यापार भएता पनि दशै पर्वदेखि तिहारसम्म झिनियाको अधिक कारोबार हुने गर्छ । तिहार आएसँगै झिनिया व्यापारीहरुलाई रोटी बनाउनलाई निकै चटरो रहेको छ। नेवार समुदायको पुजाआजाका समयमा अनिवार्य जस्तो भएको भएता पनि पछिल्लो समयमा सबै सम्प्रदाय तथा समुदायमा झिनिया रोटीको आकर्षण बढेको छ । यसका कारण झिनिया रोटीको व्यवसाय पनि फस्टाउँदै गएको छ ।
बगनासकाली गाउँपालिका २ पोखराथोककि सीता गहिरेले झिनिया रोटि बनाउन सुरु गरेको करिब १० वर्ष भयो।उहाँले झिनिया रोटी बिक्री गरेर वार्शिक ४ लाख सम्म आम्दानी गर्दै आएको बताउनुहुन्छ। “कम लगानीमा धेरै कमाइ गर्न सकिने हुदा जोकोहीले पनि सहजै बनाउन सक्ने भएकोले झिनिया ब्यापार फस्टाउदै गएको गहिरेको भनाइ छ। प्रति रोटी ६० देखि ३ सय ५० रुपैंया सम्ममा विक्री हुने गरेको छ । बर्ष भरी नै उत्पादन गरिने भए पनि दशैँ र तिहारलाई झिनियाको मुख्य सिजन मानिन्छ । झिनिया ब्यवसायी बिना न्यौपानेका अनुसार’सिजनको समयमा उत्पादन गरेकै ठाउँमा किन्न आउनेहरुको भिड लाग्छ।
उद्योगको दृष्टीकोणले कुटीर उद्योग भित्र पर्ने भए पनि व्यवासायीहरुले उत्पादन गरेका झिनिया रोटी स्थानीयदेखि पाल्पा बाहिरका बजारसम्म खपत हुने गरेको छ । वार्षिकरुपमा ३० लाख भन्दा बढीको करोबार हुने गर्छ । जिल्लाको ग्रामिण क्षेत्र देखि सहरसम्म झिनिया रोटी उत्पादन तथा बिक्री गर्ने परम्परागत पेशालाई निरन्तरता दिँदै आएका छन् ।













