नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले मोतिपुर औद्योगिक क्षेत्र र योसंंग जोडिएको तिनाउ दानव कोरिडोर निर्माणको काम रोक्ने षडयन्त्र सरकारबाट भएको बताएका छन् । रुपन्देही उद्योग संघको २३ औं अधिवेशन उद्घाटन गर्दै उनले मोतिपुर औद्योगिक क्षेत्र सम्पन्न हुंदा रुपन्देही औद्याोगिक जिल्ला बन्न सक्ने भएपनि यसमा अवरोध भएको औंल्याए ।
मोतिपुर औद्योगिक क्षेत्रलाई राजनितिको विषय नबनाउन र समाधानतर्फ अघि बढ्न सरकार पक्षलाई उनले सुझाव दिए । रुपन्देहीमा औद्योगिक विकासले फड्को मार्न सक्ने प्रचूर म्भावना रहेको बताउदै पौडेलले कार्यकारी भुमिकामा रहेका ब्यक्तिले गुनासो गरेर हिड्न नहुने बताए । गफ चुट्ने र तास फिट्ने प्रवृत्तिले केही नहुने भन्दै उनले काम गर्ने समय आएको बताए ।
‘देशको आर्थिक अवस्था सिथिल अवस्थामा पुगेको छ जसको कुरा मन्दीमा पुगेको जनाउछ । संकटपुर्ण अवस्था छ’–उनले भने–‘सरकार मन्दी घोषणा गर्न लाज मान्ने र स्विकार नगर्दा झन समस्या बढेको छ । ’ बजारमा माग, उत्पादन र आयात घटेको सबै उद्योगहरु ५० प्रतिशतभन्दा कम क्षमतामा उत्पादन भएको र धेरै उद्योगहरु बन्द भएका पौडेलले बताए । सरकार उद्योगीहरु, ब्यवसायीहरुको टाउकोमा लाठी सोझ्यार हिडेको पौडेलले बताए । सरकारले उद्योगी व्यवसायीलाई त्रसित गर्ने,आतंकित गर्ने, भयको वातावरण सृजना गर्ने काम गरेको आरोप लगाए । देशमा विदेशी लगानी भित्रिने वातावरण नरहेको दाबी गर्दै उनले यसकारण पनि थप जटिलता बढेको बताए । विदेशी लगानीकर्तालाई सहि वातावरण नरहेको भन्ने प्रचार गरिदा देशको अर्थतन्त्र धरासायी भएको बताए ।
शिक्षा, रोजगार, स्वास्थ्यको क्षेत्रमा कुनै वातावरण नरहदा स्वदेशमा अवसर नदेखेर विदेश पलायन हुने खालको योजना अघि बढाएको बताए । ‘देशमा लाजमर्दो अवस्था छ’— उनले भने–‘राजश्व शुरुको महिनाभन्दा धेरै कम उठेको छ । लक्ष्यको आधा प्रतिशत उठ्ने हो हैन भन्ने अवस्था छ । सरकारले आन्तरिक ऋण उठाउने प्रण गरे अनुसार त्यसबाट सरकारी कर्मचारीलाई तलब खुवाउने सोच बनाएको छ ’–उनले भने । योजना पूरा गरेका ठेकेदारलाई भुक्तानी दिन नसक्ने अवस्थामा सरकार पुगेको अवस्थामा एउटा उद्योगीले समयमा ऋणको ब्याज नतिर्दा ब्ल्याक लिस्टमा राखिन्छ भने सरकार तोकिएको काम सक्दा समेत भुक्तानी नदिएको उनले बताए ।













