सातौं जिल्लास्तरीय स्नुकर प्रतियोगिताको उपाधि बुटवलका शंकर खड्काले जितेका छन् ।
खस्यौली स्नुकर क्लब बुटवलमा बिहीबार बेस्ट अफ इलाभेनका आधारमा खेलाइएको फाइनल खेलमा भैरहवाका शिशिर गुरुङलाई ६–४ ले पराजित गर्दै शंकर खड्काले उपाधि जितेका हुन् ।
रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा भएको प्रतियोगितामा रुपन्देहीका १२८ जना खेलाडी सहभागी भएका थिए । खड्का रुपन्देही पुल तथा स्नुकर संघका महासचिव समेत हुन् ।
उपाधि विजेता खड्काले ५० हजार र उपविजेता गुरुङले २५ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा ५५ स्कोरसहित खड्काले हाई स्कोररको नगद १० हजार पुरस्कार पनि हात पारे । यस्तै उदियमान खेलाडीमा सम्बन्ध विक र अनुशासित खेलाडीमा सागर गाहा र डेभिड गौचनले समान ५ हजार रुपैयांका दरले नगद पुरस्कार पाएका छन् ।
विजयी खेलाडीहरुलाई बुटवल उपमहानगरपाकिलाका प्रमुख खेलराज पाण्डेयले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा उनले स्नुकर खेललाई पनि उपमहानगरले आधिकारिक खेलको मान्यता दिने बताए । संघका अध्यक्ष सुजन पुनले स्नुकर खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न तिनै तहका सरकारको ध्यानाकर्षण गराए । उनले स्नुकर खेल विश्वमा पुरानो र प्रतिष्ठित खेल भएपनि नेपालमा ओझेलमा परेको गुनासो गरे ।
समापन समारोहमा संघका पुर्व सचिव एवं बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना,संघका प्रथम उपाध्यक्ष बासु प्रधान, सचिव प्रकाश क्षेत्री लगायतले संघले आगामी दिनमा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने बताए । समारोहमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेका संघसंस्थालाई सम्मान गरिएको थियो ।
चार पत्रकारलाइ पुरस्कृत :
सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगितामा पत्रकारिताको माध्ययमवाट खेलको विकासमा पुराएको योगदानको उच्च कदर गर्दै चार जना पत्रकार सम्मानित भएका छन् ।
राज्य टिभिका समाचार प्रमुख यमलाल भुसाल,बुद्ध टिभिका समाचार प्रमुख कपिल ज्ञवाली, खबरकुराका सम्पादक दिनेशकुमार श्रेष्ठ र बुद्ध टिभिका पत्रकार कपिल अधिकारीलाइ दाेसल्ला ,नगद र प्रशंसापत्रले सम्मान गरिएको थियो ।
कुल ५ लाख रुपैया खर्च भएको प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ संस्था र खेलप्रेमीहरुले सहयोग गरेका संघका कोषाध्यक्ष अमिन थापाले बताए । थापाका अनुसार हाई फ्युचर, रिस्ट्रेटो बारटेण्डिङ स्कुल,तिनाउ कलर हाउस,रोमाज फेसियल हाउस युनिसेक्स सैलुन,टाटु बिज,हिमांशु बुटिक,रेश्मी पोलिथिन उद्योगले सहयोग गरेका छन् ।
यस्तै ज्ञानपुन्ज बोर्डिङ स्कुल,भूपू सैनिक वहुउद्देश्यीय सहकारी, आस्था समूह,विराज भट्टचन,सुदिप घिमिरे,याङसिंह रेश्मी,सजमिर मिया ,लाइफलाइन मेनपावर,करिश्मा क्लिनिक,जमिल खान, सबर मिया,सोभित दर्लामी,चुन्नु पौडेल,ग्राण्ड क्याफे,राजेश कार्की,प्रकाश परियार,सन्दिपकुमार श्रेष्ठ,डिजि लयाब प्रालि,पश्चिमाञ्चल ट्रक समिति,नरिश्वर पौडेल,बुटवल वडा नं १ कार्यालय,बुटवल ५ वडा कार्यालय,बुटवल ६ वडा कार्यालय,पाल्पाली टाइगर ट्रेडिङले आर्थिक सहयोग गरेका कोषाध्यक्ष थापाले जानकारी दिए ।













