अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयां मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताउनु भएको छ ।मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुंजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताउनु भयो । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा अर्थमन्त्री महतले बैंक ब्याज दर स्वतः खुकुलो हुने र बजारमा पुंजी प्रवाह बढ्ने विश्वास ब्यक्त गर्नुभयो । आफूले तस्करीको सुचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन पक्राउ परेको दावी गर्दै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने महतले बताउनु भयो ।
सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कांग्रेस सांसद डा. सुनिल शर्माको अभिव्यक्तिबारे महतले शर्माको अस्पतालले स्वास्स्थ्य वीमा बोर्डको वीमा रकम नपाएका कारण मनपरी बोलेको बताउनुभयो ।उहाँले पार्टीको केन्द्रीय समितिको बैठकलाई लाईभ गरिएका कारण पार्टी भित्र र बाहिर पनि एउटै बोली आउने बताउनु यसलाई सकारात्मक रुपमा लिनुपर्ने भनाई राख्नुभयो । कार्यक्रम नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको अध्यक्षता र सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।













