पाल्पा : पाल्पामा एक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने १८ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन्।
गत आर्थिक वर्षमा १८ हजार सात सय सवारीसाधन कारबाहीमा परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए। उनकाअनुसार १ करोड ३१ लाख ३० हजार राजस्व संकलन भएको छ। सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन।
४ हजार ९४८ मोटरसाइकल कारबाहीमा परेका हुन्। यस्तै ४ हजार ६८३ ट्रक र टिपर, ५ हजार ४०५ जीप, कार, भ्यान, २ हजार ६०५ बस, १ हजार ५९ ट्याक्टर कारबाहीमा परेका उनले बताए।
२४८ जना मादक पदार्थ सेवन गरी सवारी चलाएका चालकलाई कारबाही गरिएको छ। पछिल्लो आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्नेको संख्या बढेको छ।
तीन वर्षकै यता गत आर्थिक वर्षमा सबैभन्दा बढी सवारीसाधन कारबाहीमा परेका हुन्। धेरै राजस्व पनि संकलन भएको हो।
यसअघि अर्थात् २०७८/०७९ मा १८ हजार ४६६ सवारीसाधन कारबाहीमा परेका थिए। १ करोड १३ लाख ७१ हजार ५०० राजस्व संकलन भएको थियो। २०७७/०७८ मा १५ हजार २१ सवारीसाधन कारबाहीमा परे। ८८ लाख ५९ हजार ५०० राजस्व संकलन भएको प्रहरी उपरीक्षक शर्माले बताए।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक चेकजाँचलाई थप कडाइ गरिने उनले बताए।













