पाल्पा- तानसेन नगर पालिकाले तानसेन खानेपानी उपभोक्ता समितिको तदर्थ समिती गठन गरेपछि पाल्पा मा रहेका मुख्य ५ दल ले संयुक्त रूपमा प्रेस बिज्ञप्ति निकाली बिरोध गरेका छन । नेकपा एमाले ,राष्ट्रिय स्वतन्त्र पार्टी ,राष्ट्रिय प्रजातन्त्र पार्टी ,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी द्वारा जारी संयुक्त प्रेस बिज्ञप्ती मार्फत भनिएको छ`` मुख्य बजार क्षेत्रमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाले आफै सञ्चालन गरेको खानेपानी योजना उपभोक्ताहरुको सहभागितामा सञ्चालन गर्नेगरी तानसेन खानेपानी उपभोक्ता समिति गठन भएको हो । सर्वदलीय संयन्त्र मार्फत देश चलिरहेको बेला राजनीतिक दलहरुको सहमतीमा सर्वसम्मत निर्वाचित भएकोे खानेपानी उपभोक्ता समितिले लामो समयदेखी काम गरिरहेको तथ्य स्मरणीय छ । तानसेन नगरबासीले सस्तो र सुलभ तरिकाले पानी पाउनु उपभोक्ताको अधिकार हो । तानसेनमा प्रयाप्त पानीको व्यवस्था गर्ने अभियानमा हामी लागिरहेको सर्वविदितै छ ।
तानसेन नगरवासीले खानेपानी व्यवस्थापनका लागी स्थानीय सरकार तानसेन नगरपालिकाले प्रत्यक्ष नेतृत्वमा सञ्चालन गरोस् भन्ने उद्देश्यका साथ यहाँका उपभोक्ताहरु र सर्वदलीय विभिन्न बैठकहरुमा छलफल चलिरहेको थियो । यस सम्बन्धमा तानसेन नगरपालिकाले आमभेला, राजनीतिक दलहरुसंग राय–परामर्श लिएको र अहिले सबैको धारणा हेर्दा स्थानीय सरकार अन्तर्गत तानसेन नगरपालिकाले प्रत्यक्ष रुपमा सञ्चालन गरोस् भन्ने चाहाना रहेको छ । अहिले एकाएक तानसेन नगरपालिकाले प्रजातान्त्रिक विधिबाट उपभोक्ता समिति गठन गर्नुपर्नेमा जनताको आकांक्षा विपरित तानसेन खानेपानी उपभोक्ता तदर्थ समिति गठन गरेको कामप्रति हाम्रो असहमी रहेको छ । विधि सम्वत् तरिकाले सबै उपभोक्ताहरुको सहभागिता बिना नयाँ समिति गठन वा नगरपालिकाले प्रत्यक्ष सञ्चालन गर्ने बाहेक अन्य गतिविधिहरुमा हाम्रो सहभागिता नरहने जानकारी गराउछौं । ´´













