पाल्पा, असोज १०
रााष्ट्रिय वाणिज्य बैंकले विद्युतीय कारोबारमा पैसा फिर्ताको गर्ने अफर ल्याएको छ । बैंकले दसैं, तिहार एंव छठ लगायतका पर्वको अवसर पार्दै विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर ल्याएको हो ।
बैंकले पोइन्ट अफ सेल (पस) को माध्यमवाट प्रतिकारोबार एक हजार रुपैयाँ वा सो भन्दा बढीको कार्ड स्वाइपमा पैसा फिर्ता (क्यास ब्याक) हुने अफर ल्याएको छ ।
यो योजना असोज १० देखि कात्तिक १३ सम्म लागू हुने छ । यसमा ३ देखि ५ पटकको कार्ड स्वाइपमा ५ प्रतिशत अधिकतम क्यासब्याक वा ५ प्रतिशत अधिकतम क्यासब्याक वा ५ सय रुपैेयाँ, ६ देखि १० पटकको कार्ड स्वाइपमा १० प्रतिशत अधिकतम क्यासब्याक वा ७ सय ५० रुपैयाँ, ११ देदि १५ पटकको कार्ड स्वाइपमा १५ प्रतिशत अधिकतम क्यासब्याक वा १ हजार रुपैयाँ मध्ये जुन कम हुन्छ सो बराबरको रकम स्यास ब्याक हुने बैंकले जनाएको हो ।
देशभर विभिन्न व्यवसायमा रहेको पसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा बैंककै पस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुन र अआगामी असोज १४ सम्म र कात्तिक २ देखि ६ सम्म राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुत्तलानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा सय रुपैयाँ जुन कम हुन्छ सोही रकम ब्यास ब्याक हुने बैंकले उल्लेख गरेको छ ।













