पाल्पा, असोज १०
निस्दीमा सामुदायिक विधुतीकरणका लागि रकम बुझाएको डेढ दशकपछि निस्दीका बासिन्दाले बिजुली बत्तीको उपयोग गर्न पाएका छन् ।
निस्दी –४, मित्याल लामेदमारका बासिन्दाले बिजुली बत्ती बाल्ने रहरले १५ वर्षअघि पाचँ हजारसम्म रकम सामुदायिक विधुतीकरण योजनाका लागि बुझाएको थियो ।
डेढ दशकअघि बत्ती बाल्ने रहरले यहाँका बासिन्दाले घरको खसी, बोका, बङ्गुर र पाडो बेचेर रकम बुझाए पनि बत्ती भने समयमै बाल्न पाएका थिएनन् । रकम बुझाइको १५ वर्षपछि लामेदारका ५५ घरधुरीले बिजुली बत्ती बाल्न पाएको स्थानिय बासिन्दा लिलबहादुर आलेले बताए । गाउँका माानिसले खसी, बोका, बङग्र बिक्रि गरेर बिजुली बत्तीका लागि पैसा बुझाएको डेढ दशकपछि बल्ल घरमा बिजुली बत्ती बल्यो । उहाँले भन्नुभयो, बत्ती बाल्न पाउदा सपना झैँ लागेको छ । गाउँलेले बिजुली बत्तीका लागि पटक–पटक सामुदायिक विधुतीकरण उपभोक्ता समिति, विधुतर प्राधिकरण र जनप्रतिनिधिलाई भनेका थिए । यधपी लकतैबाट पनि आफूहरुको आवाजको सम्बोधन हुन नसकेको त्यहाँको वासिन्दाको भनाई छ ।
बिजुली बत्ती बाल्ने आश मारेका जनताले डेढ दशकपछि बत्ती बाल्न पाएकोमा भने खुसी भएका छन् । लामो समयको पर्खाइपछि गाउँमा बिजुली बत्ती बलेपछि स्थानिय बासिन्दा खुसी भएका जीवनज्योति आधारभूत विधालयका प्रधानाध्यापक चित्र सिहं आलेले भन्नुभयो । लामेदमारसहित बेलखरक, गोठडाँडा, खोर्मो, रिपाहा, पोखरादहर, थोक्सिबास गाउँका करिब एक सय घरमा केहि दिनपछि नै बत्ती बल्ने र घरमा वायरिङरको काम सकिएपछि अन्य गाउँमा पनि बत्ती बल्ने निस्दी गाउँ कार्यपालिका सदस्य हेमकुमारी सुनारीले बताउनुभयो । निस्दीको ७ वटा वडामध्ये पाचँ वटा वडामा लालीगुँरास सामुदायिक विधुतीकरण सहकारी संस्सथाले बिजुली बत्ती बाल्ने जिम्मा लिएको छ । निस्दीको वडा नं. १ र २ मा अझैँ बिजुली बत्ती बल्न सकेकोे छैन् भने केहि वडामा बलिसकेको र केहिमा काम भइरहेको छ । ढेकेदारले समयमा काम नगर्दा यहाँका बासिन्दा बिजुली बत्ती बाल्नबाट लामो समय विञ्चत भएको संस्थाका अध्यक्ष दुर्गा बहादुर सोमैले जानकारी दिनुभयो ।













