असोज ७ गते
जिल्ला ट्राफिक कार्यालय पाल्पाले चाडबाडलाई ध्यानमा राखेर यात्रुलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुर्याउने उद्वेश्यका साथ तानसेनमा यात्रु सहायता कक्षको उद्घाटन गरेको छ ।
चाडबाडको समयमा यात्रुहरू अलपत्र पर्ने, ठगिने,चोरीने, असुरक्षा हुने साथै अन्य विभिन्न समस्या उत्पन्न हुनसक्ने भएकाले आजदेखि तानसेनको बसपार्क, हार्र्थाेक,आर्यभञ्या र रामपुर गरि जिल्लाको ४ स्थानवाट विहान ५ वजे देखी साझको ९ वजे सम्म सेवा दिने जिल्ला टाफिक कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले वताउनु भयो।
यात्रु सहायता कक्षको उद्घाटन गर्दे प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तले यात्रु देशका मालिक भएकोले उनीहरुको सहज र सुखद यात्राका लागि सहायता कक्षले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले चाडपर्वका वेला यातायात व्यवसायीहरुले कमाउने भन्दा पनि सेवा भावले काम गर्नुपर्ने भन्दै पन्तले दुर्घटना सवैका लागि अप्रिय रहने बताउदै ट्राफिक नियमको पूर्ण पालना गर्न सवारी चालकलाई आग्रह समेत गरे ।
कार्यक्रममा चाडवाडको समयमा घर आउने जानेको संख्या वढि हुने र बसपार्कमा आएर अलपत्र परेकाको उद्धार तथा घरसम्म पुग्न बेखर्ची भएकाहरूलाई अवस्था हेरेर सहजीकरण र सहायता प्रहरीले मात्र नभई यातायात व्यवसायी समेतीले गर्नु पर्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवत्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले वताए। चाडपर्व भरि नै डेस्क रहने , कुनै समस्या आई परेमा तुरुन्त सहायता कक्षमा सम्र्पक गर्नुहुन या प्रहरीमा जानकारी गराउन यात्रु तथा आम सर्वसाधारणलाई आग्रह समेत थापाले गर्नु गरे।
तोकिएको भन्दा बढी भाडा नतिर्न यात्रुलाई आग्रह गर्दे तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले पर्वका बेला यात्रु ठगिने र विभिन्न सास्ती खेप्नुपर्ने अवस्थालाई यात्रु सहायता कक्षले सहयोग गर्ने बताइन् ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि,सामाजिक संस्थाका प्रतिनिधि,यातायात व्यवासयी,पत्रकारलगायतले पर्व लक्षित सहयाता कक्षको प्रभावकारी सञ्चालनका लागि आफुहरुको सक्दो सहयोग गर्ने बताए ।
चाडबाडमा यात्रुहरूको भिडभाड बढी हुने र बसपार्क क्षेत्रभित्र कसनै पनि अप्रिय घटना हुन नदिनकोलागी नै नियमित रूपमा २४ सै घण्टा हेल्प डेस्क सुचारु रहने जिल्ला ट्र«ाफिक कार्यालय पाल्पाले जनाएको छ ।














