खेम राज पाण्डे
असोज ७ पाल्पा
भैरव च्याउ उद्योग प्रा.लि.ले एक दिने रातो च्याउ सम्बन्धी जानकारी तथा सचेतना मुलक कार्यक्रम जिल्ला प्रहरी कार्यालय पाल्पामा सम्पन्न गरेको छ ।
कार्यक्रममा स्थानीय स्तरमा उत्पादीत रातो च्याउ (ग्यानोड्रमा)को महत्व र फाइदाका विषयमा भैरव च्याउ उद्योगका अध्यक्ष केशब कार्कीले जानकारी दिनु भएको थियोे ।
कार्यक्रममा ४० जनाको सहभागीता रहेको भैरव च्याउ उद्योगले जनाएको छ ।
पाल्पामा ग्यानोड्रमा रातो च्याउको उत्पादन र बिक्री सुरू गरेको छ । रातो च्याउ एक लोकप्रिय औषधीय गुण भएको बहुउपयोगी च्याउको रुपमा रहेको र यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले यसप्रति उपभोक्ताहरुको आकर्षण बढेको कार्कीले सहभागीहरुलाई वताउनु भएको थियो ।
कार्कीले रातो च्याउ कस्तो हुन्छ, कहाँ हुन्छ,कसरी उत्पादन गर्न सकिन्छ भन्दै कतै कतै नेपालको जंगलमा आफै उम्रीने पनि गरेको वताउनु भयो । च्याउको टुक्राहरू पानीमा उमालेर रस चियाको रुपमा पिउने गरिन्छ र यसको सेवन स्वास्थ्यका लागि निकै लाभदायक हुने उद्यमी कार्कीले बताउनुभयो ।
यो च्याउमा पोलीस चाराइडर, ट्रिटरपेनोइड, अर्गानिक जर्मनियम, एमिनो एसिड्स जस्ता औषधीय तत्व र प्रोटिन भिटामिन्स्, मिनरल, माइक्रो नट्रियन्टस् इत्यादि पौष्टीक तत्वहरू पनि पाइने भएकोले पनि बहुउपयोगी रहेको भैरव च्याउ उद्योगले जानकरी दिएको हो ।














