असोज ६ पाल्पा
सुमन कार्की /
चाडवाडलाई मध्यनजर गर्दे तानसेन बजार अनुगमन गरिएको छ । तानसेन नगरपालिका, जिल्ला प्रशासन कार्यलय ,घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको संयुक्त आयोजना साथै जिल्लाका सरोकारवाला निकायहरुको सहभागिता सयुक्त बजार अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा बजारमा व्यापारी तथा व्यावसायीले उपभोक्तालाई म्याद नाघेका अखाद्य वस्तु, पेय पदार्थ तथा शृंगारका सामान बिक्री गरेको फेला परेको छ । संयुक्त अनुगमन टोलीले तानसेनमा गरेको अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेजती सवै जफत गरेको छ । तानसेन वजार क्षेत्रका विभिन्न खाद्यान्न तथा किराना पसलमा अनुगमन गरि त्रुटी देखीएका र अखाद्य वस्तु भेटिएका व्यापारीहरुलाई सचेत समेत गराइ व्यवसाय दर्ता गरि संचालन समेत गर्न सचेत समेत गराइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख देवीराम भण्डारीले वताउनु भयो ।
अनुगमन टोलीले तानसेन बजार क्षेत्रका ११० खाद्यान्न तथा किराना पसलमा अनुगमन गर्दा केही वर्षअघि नै म्याद गुज्रेका तेल, सोयाविन, जुस, कुरकुरे, कुकिज, कोक, फेण्टा, स्प्राईट, सुजी ,मसला, फ्रुटी, ओरेन्ज जुस, बदाम जुस लगाएतका रु ३६ हजार २ सय ८५ रुपैया वरावरको सामग्री जफत गरि सम्पूर्ण अनुगमन टोलीको रोहवरमा नष्ट गरिएको तानसेन नगरपालिकाका बरिष्ठ अधिकृत दुर्गा बहादुर थापाले बताउनुभयो ।
विशेष गरि व्यापारीहरुले चाडवाडमा उपभोक्ताको भिठभाड लाग्ने हुदा अखाद्य वस्तुहरु मिसायर बेच्ने सम्भावना वढि रहने हुदा पनि अनुगमनलाई विशेष प्रथमीक्ताका साथ अगी वढाइएको खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ ।
घरेलु कार्यालयले तयार गरेको कार्ययोजना अनुसार उपभोक्ताको खाद्य अधिकार स्थापित गर्न र बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्न बजार अनुगमन गरिएको र बजार अनुगमनलाई चाडवाडमा मात्र नभई अन्य समयमा पनि गरिने तानसेन नगरपालिकाले जनाएको छ ।













