पाल्पा – पाल्पा जिल्ला सहित ७७ वटै जिल्लामा सरकारले आउँदो निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । एक सूचना प्रकाशित गर्दै आयोगको निर्वाचन प्रयोजनको लागि सबै क्षेत्रमा अधिकृत तोकेको हो ।
पाल्पा क्षेत्र नं. १ मा सरकारी वकिल कार्यालय कास्किका जिल्ला न्याधिवक्ता गोपाल प्रसाद ढकाल र क्षेत्र नं. २ मा जिल्ला अदालत पाल्पाका न्यायधिश कमलराज विष्टलाई तोकेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन यहि मंसिर ४ गते एकै चरणमा गर्ने गरी सरकारले तयारी थालिएको हो ।













