पाल्पा दशैँ मनाउन घर गएका नागरिकहरू शनिबार दशैँ टीका सकिएसँगै कर्मथलो सदरमुकाम फर्किन थालेका छन ।
आईतवारबाट नागरिकहरू तानसेन फर्किन शुरू गरेपछि फुलपाती देखि सुनसान भएको सदरमुकाममा फेरि चहलपहल विस्तारै बढ्न थालेको छ । जिल्लाको रैनादेवि छहरा,माथागढी,बगनासकाली, रिब्दिकोट,पुर्वखोला,रम्भा,रामपुर र तिनाउलगायतका ठाउँबाट दशैँ मनाउन गएका सदरमुकाम तानसेन फर्किन थालेका हुन ।













