पाल्पा-आइतबार बेलुकी पाल्पाको रानीमहल दरबार नजिकै भएको जिप दुर्घटनामा मृतक ६ जनाकै पहिचान खुलेको छ । चालक घाइते भएका छन् । पर्यटकिय स्थल रानीमहल दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१—०२६ च — ७२०९ नम्बरको स्कारपियो जिप बैकुण्ठेभिरमा दुर्घटना हुदा पुर्वीनवलपरासी देबचुलीनगरपालिका १६ का अन्दाजी ५५/६० वर्षिया पार्वती लोहनी, ६५ वर्षिय कृष्ण लोहनी, ११ वर्षिय सविस लोहनी, ढाई वर्षिय इशव लोहनी, ३५ वर्षिया सविना ढिटाल र लमजुङ्ग बेशीशहर २ की ५५ वर्षिया चुना ढितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
दुर्घटनामा चालक ३६ वर्षिय इश्वर लोहनीको तानसेन स्थित युनाईट मिशन अस्पतालमा उपचार भैरहेको छ ।














