पाल्पा–कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका–१ काशीवनमा मोटरसाईकल दुर्घटना हुँदा १ जना गम्भीर घाईते भएका छन् । घाईते हुनेमा रामपुर नगरपालिका वडा नं.१ गजबन्दी बस्ने २४ वर्षिय सुमन मल्ल रहेका छन् ।
रामपुर नगरपालिका–१ को खटाङबाट स्याउली बजार तर्फ जाँदै गरेको लु १३ प ४०५९ नम्बरको मोटरसाईकल शुक्रबार बिहान साढे नौ बजेको समयमा दुर्घटना भएको थियो । घाईते मल्ललाई उपचारको लागि रामपुर अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।
घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।













