पाल्पा – बगनासकाली गाउँपालिकाको आयोजनामा र बगनासकाली पत्रकार समूहको सह आयोजनामा बडा दसै, दिपावली, छठ २०८० तथा नेपाल सम्बत् ११४४ को अवसरमा शुभकामना तथा हाम्रो बगनासकाली फिचर सङ्ग्रह बिमोचन कार्यक्रम सम्पन्न गरेको हो ।
विभिन्न संचार माध्यममा क्रियाशिल बगनासकाली गाउँपालिका अन्तर्गतका संचारकर्मि तथा पत्रकारहरूद्धारा लिखित हाम्रो बगनासकाली नामक फिचर सङ्ग्रहको बिमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले गाउँठाउमा भएका समस्यालाई निरन्तर संसदमा उठाउने गरेको उल्लेख गर्दै सांसद गैरेले उचित कानुन नहुदा बन्यजन्तुको ब्यवस्थापनमा जटिलता भएको बताउनु भएको छ । उहाँले भन्नु भयो समाजमा खराब मनोवृत्ति देखापरेको छ । ‘केही हुदैन केही भएन भन्ने के छ र भन्ने मनोवृत्तिले समाज झन् झन् पछि धकेल्ने छ ।’ हाम्रो बगनासकाली फिचर सङ्ग्रहको बिमोचन गर्दै उहाँले साना योजनामा समेत प्रदेश र संघलाई भन्नु पर्ने परिपाटीलाई अन्त्य गर्नु पर्ने उहाँको भनाइ थियो ।
कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य वीरबहादुर रानाले ‘राजनीति प्रती जनताको धारण के होरु के भनी रहेका छन्, ध्यान दिने बेला आएको बताउनु भएको छ’ ।उहाँले समाजका नागरिकहरुको एक आपसमा कटाक्ष बढ्दै जानू राम्रो संकेत नभएको जिकिर गर्नु भएको थियो । सासंद रानाले विकासको साझा पहल र योजनाका लागि बहस गर्नु पर्ने समय आएको समेत बताउनु भएको थियो ।
गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले फिचर सङ्ग्रहले गाउँ पालिका भित्र लुकेर रहेका र काम गरेका विषयलाई लिपीवद्द गराएकोमा धन्यबाद ब्यक्त गदै निरन्तर एक आपसको सहयोगले समृद्ध गाउँपालिका बन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले योजना निर्माण र विकासकार्यमा पुस्तक सहयोगी हुने बिश्वास ब्यक्त गर्नु भयो । उहाँले योजनावद्धकामले निकास दिनेसमेत बताउनुभएको थियो ।
बगनासकाली गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद बस्यालले आफुले थालेका कामलाइ निरन्तरता दिएकोमा पालिकालाइ धन्यवाद ज्ञापन गर्नु भएको थियोे । बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, नेकपा एमालेका बल बहादुर गाहा, राप्रपाका कपिल ढुगांना ,नेपाली काग्रेशका माधव नेपाल, नेकपा माओवादी केन्द्रका खुमबहादुर विक,स्वतन्त्र पार्टीका सुमन गैरे, जनता समाजवादीका खिकबहादुर रेस्मी , पत्रकार महासंघ पाल्पा शाखाका पूर्ब अध्यक्ष गोबिन्द भट्टराई, लगायतले सकारात्मक कार्यको सुरूवात भएकोमा खुशी ब्यक्त गर्नु भएको थियो । बगनासकाली क्षेत्र भित्र रहेका शिक्षा स्वास्थ्य,खेलकुद, कृषि, धार्मिक तथा पर्यटन क्षेत्र, कला संस्कृति,साहित्यक, शिल्पी, राजनैतिक, बिपन्न समुदाय लगायतको पुस्तकमा समेटीएको छ ।













