पाल्पा–दसैँ लागेसँगै पाल्पाको राष्ट्रिय वाणिज्य बैंकमा नयाँ नोट साटन् सेवाग्राहीको भीडभाड बढेको छ । केही दिन अघि देखि पैसा झिक्ने र साट्नेहरूको चहलपहल बढेको हो ।
सेवाग्राहीहरूको बिहान ९ः३० बजेदेखि नै लाइन लाग्ने गरेको छ । बैंकले हरेक वर्ष दसैँको अवसरमा नयाँ नोट सटहीको सुविधा सर्वसाधारणलाई दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र एक सय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको बैकले जनाएको छ । यस वर्ष निजी बैङ्कहरूमा नयाँ पैसा साट्न नपाएपछि राष्ट्रिय वाणिज्य बैंकमा भिड बढेको छ ।













