पाल्पा– पाल्पा जिल्लाको तानसेनमा नागरिकता र जन्म दर्ताका विषयमा कानुनी पहिचान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
महिला कानुन र विकास मञ्चको आयोजना र जिल्ला समन्वय समिति पाल्पाको समन्वयमा जिल्लाका जनप्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा बालबालिका सम्बन्धी ऐन, नागरिकता, जन्म दर्ता सम्बन्धी कानुनी प्रावधान लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।
नागरिकता, जन्म दर्ता प्रदान गर्दा कुनै त्रुटि नहोस्, कानुनी आधार पूरा भएकाले सहज रूपमा नागरिकता र जन्म दर्ता प्राप्त गर्न सकुन् भनेर यससँग सम्बन्धी कानुनी व्यवस्थाका विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको महिला कानुन र विकास मञ्चका कार्यक्रम संयोजक रोशना प्रधानले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कानुनी विषयको पूर्ण जानकारी नहुँदा नागरिकता र जन्मदर्ता प्रदान गर्दा कतिपय समयमा समस्या भएकाले यो कार्यक्रम फलदायी भएको बताएका थिए ।













