पाल्पा-जिल्लाका चिकित्सकहरू अस्पतालको ओपिडी सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय स्वास्थ्यकर्मीमाथि बढ्दै गएको भौतिक आक्रमणको विरोधमा पाल्पाका डाक्टरहरू सडकमा उत्रिएका हुन् ।
बिहीबार तानसेनको आन्दोलनचोकमा प्लेकार्ड सहित नारा लगाउँदै बिरोधमा उत्रिएका हुन् । उपचारका क्रममा बिरामीको मृत्युपछि सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण भएकोमा डाक्टरहरू आन्दोलित हुनु परेको उनीहरुको भनाई छ । जिल्लामा रहेका पाल्पा अस्पताल, रामपुर अस्पताल, युनाइटेड मिसन अस्पताल र लम्बिनी मेडिकल कलेजका चिकित्सकहरुले अन्दोलन प्रति ऐक्यबद्धता जनाएका छन् ।













