बासुदेव ढकाल
पाल्पा-पाल्पा जिल्लाको रामपुर नगरपालिकालाई खेलको माध्यमबाट चिनाउन ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता २०८० हुन भएको छ । रामपुर नगरपालिका-७, किसानबारीमा ज्योति पुञ्ज युवा क्लवको आयोजनामा आउदो असोज २२ गते देखि २८ गते सम्म हुन लागेको प्रतियोगिताको तयारी तिव्र गतिमा भई रहेको छ ।
क्लवको २७ औं वार्षिक उत्सवसंगै विजयादशमी, शुभदिपावलीको अवसरमा खेलको माध्यामबाट स्थानिय प्रतिभाको उजागर तथा रामपुरलाई खेलकुदको माध्यमबाट चिनाउन प्रतियोगिता आयोजना गरिएको ज्योतिपुञ्ज युवा क्लबका अध्यक्ष सुदिप गौतमले बताउनुभयो । रामपुर युनाईटेड फुटबल क्लब, नगर खेलकुद विकास समिति रामपुर, जिल्ला फुटबल संघ पाल्पा र रामपुर उद्योग वाणिज्य सहयोगमा हुने ज्योतिपुञ्ज कप फुटबल २०८० संरक्षकमा रामपुर नगरपालिका रहेको छ ।
प्रथम विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । साथै वेष्ट प्लेयर, वेष्ट किप्पर, हाई स्कोरर, वेष्ट डिफेन्डर, म्यान अफ द म्याच लगाएतका विद्यामा पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय टिममा सहभागी खलाडीहरुको समेत उपस्थिति रहने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो । काठमाण्डौ, पोखरा रुपन्देही, कपिलबस्तु स्याड्जा सहित ८ जिल्ला र रामपुरको २ गरी जम्मा १० टिमले सिहभागीता जनाउने छ । सहभागी खेलाडीहरुलाई जिल्ला फुटबल संघ पाल्पाका प्रशिक्षक रितेश मल्ल मार्फत तालिम सञ्चालन भैरहेको छ । कार्यक्रमको लागि ज्योतिपुञ्ज कप फुटबल २०८०को स्तम्भ निर्माण,मञ्च सजावट , प्रचार प्रसार तथा खेलाडी प्रशिक्षण सम्पर्क समन्वयको तयारी भई रेहेको खेल संयोजक अनिल शाहिले बताउनुभयाे।
प्रतियोगिताको अवसरमा विद्यार्थीहरुको बौद्धिक विकासको लागि माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता, स्थानीय स्तरमा रहेका मौलिक संस्कृति प्रदर्शन संगै पाल्पाको मौलिक खानाका परिकारहरु पनि विक्री वितरणको व्यवस्था गरिएको क्लवका अध्यक्ष गौतमल जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रा खेल प्रतिभाको उजागर संगै संस्कृतिको पहिचान दिनु पनि हाम्रो लक्ष्य हो ।” कार्यक्रमको तयारी तिव्रगतिमा भैरहेको उहाँले बताउनुभयो । प्रतियोगिताको लागि असोज १८ गते टाईसेट तय गरिनेछ ।













