पाल्पा- पाल्पा जिल्लामा बालविवाह गर्न लागेको एक जोडी फरार भएको छ । जिल्लाको निस्दी गाउँपालिका –१ राउवनकी १८ वर्षीया बालिकाको विवाह हुन लागेको अवस्थामा प्रहरी आउन लागेको खबर थाहा पाउन साथ त्यो जोडी फरार भएको हो ।
बालविवाह हुन लागेको जानकारी पाउनासाथ प्रहरी, वडाका जनप्रतिनिधि र पालिकाका कर्मचारी बालिकाको घर पुुगे पनि उनीहरु त्यहाँ फेला पर्न सकेनन् । ती बालिकाको नवलपुरको बौद्धिकालीमा विवाह हुन लागेको जानकारी प्राप्त हुुन साथ टोली उनको घर पुुगे पनि त्यहाँ कोही पनि नभेटिएको गाउँपालिकाका बालमैत्री कार्यक्रमका फोकल पर्सन कुुशमाखर पाण्डेले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘प्रहरी आएको थाहा पाएर हतार हतारमा विवाह गरेर लगि सकेको हुन सक्ने भएकाले हामीले नवलपुर प्रहरी प्रशासनलाई जानकारी गराई सकेका छौं ।’ उहाँका अनुुसार अहिलेसम्म कुनै पनि जानकारी प्राप्त भएको छैन ।













