पाल्पा–नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा सिन्दूरजात्रा गर्दै भगवती खटयात्रा निकालिएको छ । नेपाली फैजले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा भगवती भगवती जात्रा निकालिएको हो । पाल्पाका तत्कालिन तैनाथवाला कर्णेल उजिर सिह थापाले युद्ध जितेको सम्झनामा २ सय ३ औं सिन्दूरजात्रा गरिएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी सहित नेपाली सेनाका कर्णेल लगायतले भगवती खटयात्राको अवलोकन गरेका छन् । सो अवसरमा मुख्यमन्त्री चौधरीले भगवती जात्रा नेपाल र नेपालीको शीर उच्च पार्ने विरता र गौरवको पर्व भएको बताए । श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भाद्र कृष्ण नवमीको दिन जात्रा गरिएको हो । नेपाल एकीकरणको समयमा युद्धमा विजयी भए मन्दिर बनाएर सिन्दूरजात्रा गर्ने भाकल कर्णेल उजीरसिंह थापाले गरेका थिए । सोही भाकल अनुसार जीतगढीको युद्धमा विजयी भएको र जात्रा निकाल्ने प्रचलन सुरु भएको थियो । पाँच वटा नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि जितगढीको लडाईंमा अग्रेजफौजलाई नेपाली फौजले हराएको थियो ।
भगवती रथलाई सिन्दूर, अबिर र केशरी सहित अन्य वैदिक पुजापाठ गर्दै शहर परिक्रमा गराईएको थियो । भगवती मन्दिर परिसरबाट भगवतीको प्रतिमूर्तीलाई तीन पटक मन्दिर परिक्रमा गराई सिन्दूरजात्रा गरिएको हो । भगवती रथयात्रालाई भगवती जात्रा, खटयात्रा तथा सिन्दूरजात्रा समेत भन्ने गरिन्छ । वि।सं। १८७१।०७२ मा नेपाली सेनाले अंग्रेजलाई हराएको थियो । रणउजिरेश्वरी भगवतीको जात्रा पश्चिम नेपालकै सबैभन्दा ठूलो जात्रा हो । जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी ¥याली प्रदर्शन गरेका थिए ।
कुमाउ–गडवाल ९नाहान०, मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जीतगढीमा अंग्रेज र हिन्दुस्तानी फौजसँग लडाई भएको थियो । यस्तै बिहिबार नै तानसेनमा २ सय १७ औं अमरनारायण रथयात्रा निकालिएको छ ।
नेपाल एकीकरणको सिलसिलामा अमरसिंह थापा पाल्पा आएर कलात्मक मन्दिर निर्माण गरि रथयात्रा सुरु गरेका थिए ।