

"स्वधर्मे निधनं श्रेय: पर धर्माे भयावह"शास्त्रीय वाक्यलाई आत्मसात् गर्दै
मधेस प्रदेशकाे राजधानी जनकपुरधाम देखि -६ कि.मी. दक्षिणमा अवस्थित महाेत्तरीजिल्लाकाे पिपरा गाउँपालिका -७ बनाैलीकाे पण्डित परिवारमा जन्मिएका डाक्टर जयन्त भगवान मिश्रसँग गत फागुनमा परिणय सूत्रमा बाँधिएकी कीर्तिपुर नगरपालिका - टाैदह निवासी डा.पूजा मिश्र स्नातकोत्तरीय चिकित्साशास्त्रकाे अध्ययनकाे सिलसिलामा तानसेन नगरपालिका -७अवस्थित लुम्बिनी मेडिकल कलेजकाे छात्रावासमा आफ्नो संस्कार र संस्कृितको जगेर्ना गर्दै मधुश्रावणी पर्व पूर्णनिष्ठा र श्रद्धापूर्वक मनाएकी छिन। मिथिलामा बिहे भएको पहिलाे वर्षमा नवविवाहिता महिलाले पन्द्रहदिन (श्रावण कृष्ण पञ्चमी देखि श्रावण शुक्ल तृतीया ) सम्म शिवपार्वती र नागको पूजाअर्चना र तत्सम्बन्धी काैतुक कथा सुने गर्छिन्।
यस पर्वमा महादेव ,पार्वती र नागको माटाको मूर्ति बनाइ बासि फूल,बेलपत्रले मानकाे पात,केराकाे पातमा ऋतुफूल,ऋतुफलले पूजा गर्ने चलन शताब्दियाैं देखि रहेकाे कुरा मिथिला संस्कृतिकी जानकार धनुषा देवडीहा निवासी श्रीमती रीता मिश्र बताउँछिन।
यस पर्वमा पन्द्रह दिन सम्म व्रतालुले निरामिष भाेजन गर्नुपर्ने वयवस्था रहेकाे छ। पन्द्रह दिन सम्म मात्र मनाइने याे लाैकिक पर्व यस बर्ष पुरुषाेतममास श्रावणमा परेकाे हुनाले यश बर्ष ४४ दिन(२०८० असार २२गतेदेखि भाद्र ०२ गते ) सम्म साेल्लास पूर्वक मनाइएकाेछ।
यस पर्वकाे अनुपमय प्रचलनके रहेकाे छ भने अन्तिमदिनमा नवविवाहिताकाे दुवै खुट्टा र ठेहुना प्रज्जवलित बातीले डाम्ने गरिन्छ । नवविवाहिताकी वर (पति)ले पानकाे पातले डाम्ने बेलामा आँखा छाेपेकाे हुन्छ र अर्की महिला जसलाई मैथिली भाषामा विधिकरी भनिन्छ उसले डाम्ने विधि गर्छिन् ।
याे डाम्ने विधिकाे शुरुआत मिथिला लगायत भारत देश मुसलमानी शासनबाट अतिक्रमित भएकाे बेलामा मिथिलानीकाे पतिव्रताधर्मकाे रक्षार्थ तत्कालीन विद्वान मनीषीहरुले चलाएकाे चलन अद्यावधिक रहेकाे कुरा मैथिली संस्कृतिका अध्येता दिनेशचन्द्र मिश्र "गाेपाल"भन्नु हुन्छ ।याे पर्व मिथिलामा ब्राह्मण ,कायस्थ ,साेनार ,देव जातिले मात्रै अंगिकार गरेकाछन।
आफ्नो अटल साैभाग्य र बंशवृद्धिकाे कामनले मनाइने यश पर्वकाे अन्तिमदिन जसलाई मधुश्रावणी भनिन्छ ,उक्त दिन नवविवाहिताले बाँसकाे डालीमासाडी ,सिन्दुर,लहठी ,अँकुरी ,खीर ,घाेरजाउर लगायतका साैभाग्य सामग्री र भाेज्यपदार्थ १५ जना आइमाईलाई वितरण गरि आशीर्वचनले कुरा धनुषा जिल्ला दुहबी निवासी श्रद्धालु महिला सेहन्ता झा भन्छिन् ।
याे पर्व निर्विघ्नता पूर्वक सम्पन्न गराउन प्रभास गाउँकी नरनारी र उक्त मेडिकल कलेजमा अध्ययनरत मधेसमूलकी छात्राहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियो ।
आफ्नो संस्कार र संस्कृति प्रति जागरुक र नव पुस्ताका प्रेरणाका पुञ्ज डाक्टर दम्पती श्रीमद्भागवतमर्मज्ञ पण्डित अमृतनाथ मिश्रकाे नातिबुहारी र मैथिली संस्कृतिकर्मी भगवान मिश्रकाे छाेरा बुहारी छिन।