युवा ज्योतिष दशरथ पाण्डेय
आज भाद्र १७ गते सोमवारे कुशे औशी परेको छ ।
हिन्दुहरुको पवित्र वनस्पति मध्ये कुशे आौसीको धार्मिक र वैज्ञानिक महत्ववारे विभिन्न पुराणहरुमा छुट्टाछुट्टै भनाई रहेको पाइन्छ । वराह पुराण अनुसार भगवानले हिरण्याक्षको वध गरि रसातलमा डुबेकी पृथ्वीको उद्धार गर्दा उन्मत्त भई गर्दन हल्लाउँदा भुइँमा झरेको रौं कुश भएर उत्पन्न भएको हो भन्ने भनाई छ भने स्कन्द पुराण अनुसार विष्णुले पतिव्रता वृन्दा लाई छल गर्दा वृन्दाको सरापवाट भगवान् विण्णु कुशको रूप प्राप्त भएकोले, कुशको जरामा ब्रह्मा, विचमा विष्णु र शिरमा शिवको निवास हुने हुदा कुशे ओँसीमा कुशको स्पर्श गर्दा मनुष्यलाई स्वर्ग पाप्त हुने ज्योतीष पन्डित हरि लम्सालले जानकारि दिनुभयो, वहाँका अनुसार कुश देवकार्य र पितृ कार्यमा अति उपयोगी भएकोले कुश विना कुनै पनि धार्मिक कर्म सम्पन्न नहुने भन्दै महाभारतमा भीष्म पितामहले श्राद्ध गरि पिण्ड दिने क्रममा पितृहरुले हात थापे तर पितामहले हातमा दिदा त्यसको दशांश मात्र पितृहरूलाई प्राप्त हुने हुदा हातमा नदिई कुशमाथि दिनुभएको पौराणिक कथा सुनाउनु भयो ।
कुश आध्यात्मिक मात्र नभई वैज्ञानिक हिसावले पनि उपयोगी रहेको भन्दै कुशले साठी प्रतिशत प्रदुषित वायुलाई निर्मूल पारि स्वच्छ वायु संचालित गर्ने र पार्थिव विद्युत प्रवाह बाट बच्न आसनको रुपमा कुशको प्रयोग उपयोगी हुनेहुदा मरणासन्न व्यक्तिलाई कुशासनमा मेरुदण्ड सीधा बनाएर सुताउदा उसले सहज मृत्यु प्राप्त गर्छ भन्ने भनाई रहेको र वेदमा पनि कुशलाई आयु वृद्धिको कारक मानिएको साथै कुश एक महाओँषधी भएकोले हृदयघात, कपाल झर्ने, लुतो, मस्तिष्क विकार, जस्ता घातक रोगलाई निवारण एवं रोगथाम गर्ने र कुशको ओँठी हातको साइली ओँलामा लगाउदा शरिरलाई आध्यात्मिक उर्जा प्राप्त भई ह्रदयघातको समस्या नहुने भएकाले पनि ग्रन्थहरूमा कुशलाई सर्वाधिक महत्त्व दिइएको जानकारी दिनु भयो ।
वहाका अनुसार कुशको आसनमा बसी ध्यान गर्नाले मन एकाग्र हुनुका साथै आनन्द एवं शीतलता प्राप्त हुने र रक्त संचार एवं अन्तकरण शुद्ध पार्ने भन्दै कुशले ग्रहणबाट निस्किएका विकिरणहरुलाई रोकी पोजेटिभ ऊर्जा प्रवाह गर्नेहुदा ग्रहणको बेला खाद्यान्न आदिमा कुश राख्ने चलन आएको र कुशे औंसीका दिन सोमबार परेमा त्यसदिन काटेको कुश १२ वर्ष सम्म प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेकोले आजको दिन धार्मिक हिसावले पवित्र दिन मान्ने गरीन्छ